क्लिक

pagead2.googlesyndication.com pagead2.googlesyndication.com

Click for amazzing

pagead2.googlesyndication.com pagead2.googlesyndication.com

भिडियो हेर्न तलको बक्सभित्र डबल क्लिक गर्नुहोस

pagead2.googlesyndication.com pagead2.googlesyndication.com
pagead2.googlesyndication.com pagead2.googlesyndication.com

समाचार

2 comments:

प्रचण्डलाई विकल्पको रुपमा अघि सारिने : पौडेल

काठमाडौं, पुस १० - प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले निकासको लागि सत्तारुढ गठबन्धनले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई विकल्पको रुपमा अघि सार्न तयार रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा उहाँले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई निषेध गरेर नेपाली काग्रेसका सभापति सुशील कोइरालालाई स्विकार्न नसकिने भन्दै पार्टीको पहिलाको निर्णय अनुसार नै बाबुराम भट्टराईको विकल्पमा सत्तारुढ गठबन्धन उमेदवार दिन तयार रहेको स्पष्ट पार्नुभयो । ‘बाबुरामजीलाई दलित जस्तो ब्यवहार गरेर निकास निस्कन सक्दैन । हामिसँग बाबुरामजीको विकल्प छैन भन्ने कुरा होईन ।’ पौडेलले भन्नुभयो ‘काग्रेसले निषेधको राजनीति गर्ने हो भने सत्तारुढ गठबन्धनबाटै विकल्प आउँछ । यदि निकास चाहेकै हो भने गठबन्धनले प्रचण्डजीको नाम अघि सार्छ ।’ दुई चरणमा सहमति गरेर नेपाली काग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न प्रधानमन्त्री तयार रहेको उल्लेख गर्दै उहाँले पहिलो चरणमा संविधानसभाको निर्वाचनको मिति घोषणा,
रिक्त संबैधानिक आयोगमा पदपुर्ति र संविधान संसोधन लगायतका विषयलाई प्याकेजमै सहमति गर्ने र त्यसपछि निश्चित समयसम्म अहिलेकै सरकारलाई सहमतिमा रुपान्तरण गरेर काग्रेसलाई नेतृत्व हस्तान्तरण गरिने
स्पष्ट पार्नुभयो । पौडेलले भन्नुभयो ‘यदि काग्रेस र एमालेले निकास खोजेका हुन भने सरकारको सहभागितामा निकास तत्काल निकास खोज्नु पर्छ नभए बैशाखमा निर्वाचन हुन सक्दैन ।’ प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई अहिले पनि विघठित संविधानसभाको बहुमत समर्थन भएको भन्दै उहाँले नभए सम्भावित
प्रधानमन्त्रीको उमेदवारको रुपमा जनमतसंग्रहमा जान समेत उनले चुनौति दिनुभयो । सबै दलले जित्ने गरी विन विन अवस्थामा निकास खोज्न आग्रह गर्दै उनले प्याकेजमा सहमति भए नेपाली काग्रेसका सभापति सुशील कोइरालाको नेतृत्व स्विकार गर्न समेत तयार रहेको पौडेलले स्पष्ट पार्नुभयो ।

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More