पूर्वराजाको जयजयकार, ज्ञानेन्द्रले भने–‘महिला हिंसा राष्ट्रको कंलक हो' पूर्व रानी कोमल शाहको स्वास्थ्य उपचारका लागि सिंगापु्र गएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल स्वदेश फर्किएका छन् । परिवारका अन्य सदस्यहरुसहित पूर्व राजदम्पत्ति एक महिना लामो सिंगापुर बसाईपछि आज स्वदेश फर्किएका हुन् स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिदै पूर्व राजा ज्ञानेन्द्रलेले देशमा महिला हिंसाका घटना बढेकोमा आफूलाई दुख लागेको बताए । उनले भने–‘महिला हिंसा निन्दनीय छ, चाँडै त्यो टुंगो लगाउनुपर्छ, यो राष्ट्र र समाजको कंलक हो, यसलाई सकेसम्म चाँडो निर्मूल पार्नुपर्छ ।’ ज्ञानेन्द्रले पूर्व रानी कोमलको स्वास्थ्य अवस्था हाललाई ठीक रहेको पनि बताए । पूर्व राजदम्पत्तीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा शुभचिन्तकहरुको भीड लागेको थियो । उनीहरुले राजसंस्थाका पक्षमा नारा लगाएका थिए । २०५८ साल जेठ १९ गते राजा बीरेन्द्रको बंश नाश हुने गरी भएको हत्या काण्डका बेला पूर्वरानी कोमललाई लागेको गोलीको छर्रा निकाल्नका लागि पूर्व राजपरिवार केही समयअघि सिंगापु्र गएको थियो ।



0 comments:
Post a Comment