This is default featured post 1 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured post 2 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured post 3 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured post 4 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured post 5 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
मिनी स्कर्ट नलगाउन युवतीहरुलाई राजाको उर्दी,
नेपाल र भारतमा अहिले बलात्कार काण्ड खुबै चर्किरहेको छ । बलात्कारीलाई
कडा सजायँ गर्नुपर्ने माग उठिरहेको छ । यहीँ बेलामा स्वाजिल्याण्ड भन्ने
देशका राजाले भने बलात्कार रोक्न भन्दै अचम्म लाग्दो नयाँ कानून पारित
गरेका छन् ।
उक्त कानून अनुसार अब त्यस देशका महिलाहरुले मिनी
स्कर्ट तथा अरु छोटा वस्त्र लगाउन पाउने छैनन् । र यो कानूनको उल्लंघन
गर्नेलाई ६ महिनासम्मको जेल सजाय हुनेछ ।
तरुनीहरुले मिनिस्कर्ट
लगायतका छोटा कपडा लगाउँदा बलात्कारका घटना बढेको दाबी त्यहाँका राजाको छ ।
विडम्बनाको कुरा त के भने आफ्नो दैनिक जिवनमा मिनीस्कर्ट लगाउन
युवतीहरुलाई प्रतिबन्ध लागेपनि राजाको लागि देखाइने अर्धनग्न नाचमा भने
मज्जाले मिनीस्कर्ट र छोटा कपडा लगाउन पाइनेछ । स्मरण रहोस्
स्वाजिल्याण्डमा वर्षेनी राजाको लागि देशभरका युवतीहरुले दरबार अगाडि जम्मा
भएर टपलेस नाच देखाउने परम्परा छ ।
छातिको भाग सबै छोप्ने तल्लो भागमा
पिँडौलासम्म ढाकिने कपडा अब युवतीहरुले लगाउनुपर्नेछ । स्मरण रहोस्
युवतीहरुलाई मिनीस्कर्ट लगाउन नपाउने कानून बनाउने स्वाजिल्याण्डका राजाले
१३ वटी स्वास्नी जम्मा गरेका छन् । स्वाजिल्याण्डका दुइ तिहाइ युवती यौन
उत्पिडनको सिकार हुने गरेका बताइएको छ ।
मन पर्ने रंगले बताउँछ तपाइँको व्यक्तित्व
=====================
कुनैपनि व्यक्तिलाई मन पर्ने रंग अर्को व्यक्तिलाई मन नपर्न सक्छ । यसको अर्थ रंगको मामिलामा पनि मानिसहरु चूजी हुन्छन् ।
व्यक्तिले आफुलाई मन पर्ने रंगका लुगाफाटो वा अरु कुनैपनि उपयोगी साधनहरु
खरीद गर्न चाहन्छ र प्रयोग गर्न चाहन्छ । तपाइँ हामी पनि कुनै खास रंगका
कपडा वा सरसामान प्रयोग गर्न विशेष रुची देखाउँछौँ ।
हामीलाई कुनै
रंग विशेष रुपमा मन पर्छ तर यसरी एउटा रंग मन पर्नु वा अरु रंगमा मन
नजानुको कारण हामीलाई थाहा हुँदैन । हामीलाई कुनै खास रंग मन पर्नु र अरु
रंग मन नपर्नुको अर्थ र त्यसले हाम्रो मानसिकतासँग राख्ने सम्बन्धको बारेमा
पनि ख्याल हुँदैन ।
तर पछिल्लो अध्ययनले कुनै पनि व्यक्तिको रंगप्रतिको छनोटले उसको सोँच तथा व्यक्तित्व झल्काउँछ ।
व्यक्तिले कुन रंग मन पराउँछ भन्ने कुराबाट उसको शारीरिक, मानसिक,
भावनात्मक तथा धार्मिक मनस्थितिको बारेमा गुह्य कुरा पत्ता लगाउन सकिने
मनोविशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार कुनैपनि व्यक्तिले आफ्नो
व्यक्तित्व अनुसार नै रंगको चयन गर्छन् । आखिर कुन रंग रोज्ने व्यक्तिको
चरित्र कस्तो हुन्छ त ?
· सेतो रंग – यो शुद्धताको संकेत हो ।
सेतो रंग आफ्नो मनपर्ने व्यक्तिको मन जित्न समेत कामयावी हुन्छ । सेतो
रंगको पहिरन लगाउने व्यक्तिहरु देखावटीमा विश्वास नगर्ने खालका हुन्छन् ।
उनीहरु आफ्नो काममा शतप्रतिशत निपुर्णता चाहन्छन् । कुनैपनि काम अधूरो
छाड्न चाहँदैनन् ।
· रातो रंग – आक्रामकताको प्रतिकको रुपमा रहेको
रातो रंग मन पार्ने व्यक्ति घुमफिर गर्न रुचाउने खालका हुन्छन् । रातो रंग
रुचाउने व्यक्तिहरु महत्वाकांक्षी हुनुका साथै चाहेको कुरा गरेरै छाड्ने
प्रवृत्तिका पनि हुन्छन् । यिनीहरु आशावादी तथा जोसिला हुन्छन् ।
·
गुलाबी रंग – माया तथा लगाबको प्रतिकको रुपमा रहेको गुलाबी रंग मन पार्ने
खासगरी महिलाहरु जिन्दगीमा सधै सुरक्षा र अर्काको संरक्षण चाहने खालका
हुन्छन् । उनीहरु सौन्दर्यप्रेमी हुन्छन् र सधै आकर्षक देखिन चाहन्छन् ।
उनीहरु विलासी जिवनका भोगी हुन्छन् ।
· सुन्तला रंग – सुन्तला रंग
मन पराउने व्यक्तिहरु अरु आम मानिसभन्दा युनिक देखिन चाहने खालका हुन्छन् ।
व्यवहार कुशल हुने भएकाले उनीहरुको सामाजिक दायरा पनि फराकिलो हुन्छ ।
उनीहरु निडर, उत्सुक तथा चंचल स्वभावका हुन्छन् । यिनीहरुको व्यवहार थोरै
ढुलमुले प्रवृत्तिको समेत हुनेगर्छ ।
· पहेँलो रंग – पहेँलो रंग
मन पार्ने व्यक्तिहरु जिन्दगीमा सधै नयाँपन चाहन्छन् । यिनीहरु कल्पनाशील
हुन्छन् । हँसिमजाक रुचाउने खालका हुन्छन् । सोँच स्पष्ट हुन्छ भने अरुलाई
राम्रो सल्लाह दिने खालका हुन्छन् ।
· हरियो रंग – हरियो रंग
आशाको प्रतिक हो । तथापि यस्तो रंग मन पराउने मानिसहरुमा आत्मविश्वासको कमी
हुन्छ र उनीहरुको कमजोरीको फाइदा अरुले उठाउँछ । यिनीहरु समाजमा सक्रिय त
हुन्छन् तर एक्लोपन उनीहरुको टाउको दुखाइ बन्दछ ।
· निलो रंग –
निलो रंग मन पराउने व्यक्तिहरु अधिक संवेदनशील हुन्छन् । उनिहरु आफुमाथि
पूरै नियन्त्रण गर्न सक्षम हुन्छन् र बहकाउमा लाग्दैनन् । विश्वासयोग्य
हुन्छन् तर बढि चिन्ता गर्ने बानी यिनीहरुका लागि प्रत्युत्पादक बन्दछ ।
· कालो रंग – कालो रंग मन पराउने व्यक्तिहरुको व्यक्तित्व प्रभावशाली
हुन्छ । यिनीहरुको व्यक्तित्व रहस्यमय समेत हुन्छ । यो वर्गका मानिसहरु
आफ्नो भावनालाई अक्सर दबाएरै राख्छन् । एजेन्सी
मजदुरद्वारा एनसेलका ६ वटा मुख्य टावर ध्वस्त
ujyaalo @Admin:Keshab
काठमाडौं, पुस १० - निष्काशित ८७ जना कर्मचारीलाई निशर्त पुनर्वहालीको माग
गर्दै आन्दोलनरतअखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर
संघ हेलो नेपालइकाई कमिटीले अहिलेसम्म एनसेलका ६ वटा टावर निष्कृय बनाएको छ
।
गतबुधवार बुद्धनगरको एउटा, आइतवार सानो भ¥याङमा ३ वटा र मंगलबार
नयाँ बजारमा ३ वटा टावर ध्वस्त पारेको संघले जनाएको छ । टावरका महत्वपूर्ण
तारहरु काटिदिएपछि डेढ करोड बराबरको क्षति भएको एनसेल श्रोतले जनाएको छ ।
साथै टावर निष्कृय हुँदा दैनिक ५० लाख बराबरको आम्दानी घटेको उक्त श्रोतको भनाई छ ।
टावर मर्मतको ठेक्का पाएका कम्पनीमा कार्यरत इन्जिनियरहरुलेसमेत आन्दोलनलाई समर्थन
जनाउँदै मर्मत नगरेपछि हेलो नेपाल र उसको साझेदारी टेलिकम कम्पनी एनसेललाई ठूलो क्षति भएको दावी संघले गरेको छ ।







