प्रधानमन्त्री ध्रुवे हात्तीजस्तै : रिजाल
काठमाडौ, पुस १० - नेपाली कांग्रेसका केन्द्रीय सदस्य
मिनेन्द्र रिजालले प्रधानमन्त्री बाबुराम भट्टराईलाई
बिध्वंशकारी ध्रुवे हात्तीको संज्ञा दिएका छन् । देश
अवनतीतर्फ जाँदा पनि प्रधानमन्त्रीले सत्ता छाड्न
आनाकानी गरेको भन्दै उनले यस्तो संज्ञा दिएका हुन्
। उनले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा कांग्रेस
सरकारमा जानु असम्भव भएको टिप्पणी गरे । मंगलबार
रिपोर्टस् क्लबमा भएको कार्यक्रममा बोल्दै
रिजालले कांग्रेसलाई आकर्षक मन्त्रालयको लोभ
देखाएको प्रधानमन्त्रीले कांग्रेस फुटाउने जाल
रचेको आरोप लगाए । रिजालले अन्य दलबीच सबै बिषयमा करिब करिब
सहमति भएपछि प्रधानमन्त्रीले आफ्नै
नेतृत्वको कुरा उठाएर सहमति अड्काएको आरोप
लगाए ।
Posted in:



0 comments:
Post a Comment