मजदुरद्वारा एनसेलका ६ वटा मुख्य टावर ध्वस्त
ujyaalo @Admin:Keshab
काठमाडौं, पुस १० - निष्काशित ८७ जना कर्मचारीलाई निशर्त पुनर्वहालीको माग
गर्दै आन्दोलनरतअखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर
संघ हेलो नेपालइकाई कमिटीले अहिलेसम्म एनसेलका ६ वटा टावर निष्कृय बनाएको छ
।
गतबुधवार बुद्धनगरको एउटा, आइतवार सानो भ¥याङमा ३ वटा र मंगलबार
नयाँ बजारमा ३ वटा टावर ध्वस्त पारेको संघले जनाएको छ । टावरका महत्वपूर्ण
तारहरु काटिदिएपछि डेढ करोड बराबरको क्षति भएको एनसेल श्रोतले जनाएको छ ।
साथै टावर निष्कृय हुँदा दैनिक ५० लाख बराबरको आम्दानी घटेको उक्त श्रोतको भनाई छ ।
टावर मर्मतको ठेक्का पाएका कम्पनीमा कार्यरत इन्जिनियरहरुलेसमेत आन्दोलनलाई समर्थन
जनाउँदै मर्मत नगरेपछि हेलो नेपाल र उसको साझेदारी टेलिकम कम्पनी एनसेललाई ठूलो क्षति भएको दावी संघले गरेको छ ।
Posted in:



0 comments:
Post a Comment