मिनी स्कर्ट नलगाउन युवतीहरुलाई राजाको उर्दी,
नेपाल र भारतमा अहिले बलात्कार काण्ड खुबै चर्किरहेको छ । बलात्कारीलाई
कडा सजायँ गर्नुपर्ने माग उठिरहेको छ । यहीँ बेलामा स्वाजिल्याण्ड भन्ने
देशका राजाले भने बलात्कार रोक्न भन्दै अचम्म लाग्दो नयाँ कानून पारित
गरेका छन् ।
उक्त कानून अनुसार अब त्यस देशका महिलाहरुले मिनी
स्कर्ट तथा अरु छोटा वस्त्र लगाउन पाउने छैनन् । र यो कानूनको उल्लंघन
गर्नेलाई ६ महिनासम्मको जेल सजाय हुनेछ ।
तरुनीहरुले मिनिस्कर्ट
लगायतका छोटा कपडा लगाउँदा बलात्कारका घटना बढेको दाबी त्यहाँका राजाको छ ।
विडम्बनाको कुरा त के भने आफ्नो दैनिक जिवनमा मिनीस्कर्ट लगाउन
युवतीहरुलाई प्रतिबन्ध लागेपनि राजाको लागि देखाइने अर्धनग्न नाचमा भने
मज्जाले मिनीस्कर्ट र छोटा कपडा लगाउन पाइनेछ । स्मरण रहोस्
स्वाजिल्याण्डमा वर्षेनी राजाको लागि देशभरका युवतीहरुले दरबार अगाडि जम्मा
भएर टपलेस नाच देखाउने परम्परा छ ।
छातिको भाग सबै छोप्ने तल्लो भागमा
पिँडौलासम्म ढाकिने कपडा अब युवतीहरुले लगाउनुपर्नेछ । स्मरण रहोस्
युवतीहरुलाई मिनीस्कर्ट लगाउन नपाउने कानून बनाउने स्वाजिल्याण्डका राजाले
१३ वटी स्वास्नी जम्मा गरेका छन् । स्वाजिल्याण्डका दुइ तिहाइ युवती यौन
उत्पिडनको सिकार हुने गरेका बताइएको छ ।
Posted in:



0 comments:
Post a Comment